आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

आफूमाथि लगाएको प्रतिबन्ध बारे के भन्छन् अरशद वारसी ?

शुक्रबार, १९ फागुन २०७९, १० : ०२
शुक्रबार, १९ फागुन २०७९

सिक्योरिटिज एन्ड एक्सचेन्ज बोर्ड अफ इन्डिया अर्थात् सेवीले लगाएको रोकपछि बलिउड अभिनेता अरशद वारसीको प्रतिक्रिया आएको छ ।

अरशद वारसीले ट्विट गरे, ‘समाचार पढेको सबै चिजमाथि विश्वास नगर्नुहोस् । स्टक मार्केटबारे मेरी श्रीमती मारिया र मेरो बुझाई शून्य छ । हामीले सल्लाह गर्‍यौँ र शारदामा लगानी गर्‍यौँ । अरू धेरै मानिसहरू झैँ हामीले पनि आफ्नो मेहनतको पैसा गुमायौँ ।’

बुधवार फिल्म अभिनेता अरशद वारसी र उनकी श्रीमतीमाथि सिक्योरिटिज एन्ड एक्सचेन्ज बोर्ड अफ इन्डिया अर्थात् सेबीले रोक लगाएको थियो । यो रोक शेयर पम्प एन्ड डम्प मामिलासँग जोडिएको छ ।

‘शेयर पम्प एन्ड डम्प’ अर्थात् सेयरमा मूल्य बढाउने वा घटाउने उद्देश्यले गलत जानकारी दिनु ।

समाचार एजेन्सी पिटिआईका अनुसार सेबीले ३१ कम्पनी र फर्ममाथि रोक लगाएको छ । यसमा अरशद वारसी, उनकी श्रीमती मारिया गोरेटी र साधना ब्रोडकास्टसँग सम्बन्धित प्रमोटर्स पनि समावेश छन् ।

उनीहरुले युट्युबमा लगानीकर्तालाई सेयर खरिदका लागि उक्साउन गलत जानकारी भएको भिडियो हालेको आरोप छ ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप