सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

काठमाडौँमा अन्तर्राष्ट्रिय साहित्य महोत्सव

शुक्रबार, १९ फागुन २०७९, १८ : १४
शुक्रबार, १९ फागुन २०७९

काठमाडौँ । काठमाडौँमा फागुन १२ र १३ गते दुईदिने अन्तर्राष्ट्रिय साहित्य महोत्सवको आयोजना गरिएको छ । नेशनल कलेज धुम्बाराहीले आयोजना गरेको उक्त साहित्य महोत्सवको उद्घाटन नेपाल प्रज्ञाप्रतिष्ठानका उपकुलपति विमल निभाले गरेका थिए । उद्घाटन सत्रमा वातावरण र साहित्य विषयमा प्रा.डा. सन्जीव उप्रेती र भारतका कवि प्रबलकुमार बसुले किनोट प्रस्तुत गरेका थिए भने काठमडौँ विश्वविद्यालयका रजिष्ट्रार डा. अच्युत वाग्ले र कवि लक्ष्मी मालीले मन्तव्य प्रस्तुत गरेका थिए ।

मिडिया : ब्रेकिङ अर मेकिङ रियालिटी, द लाइन एण्ड लेन्थ अफ आवर राइटिङ र रेलिजन, विमेन र लिटरेचर विषयमा डा. सुधिर सक्सेना, टङ्क ढकाल, सुमना नाजनिन, कमरुल हसन, केशव सिग्देल, महनाज बदिहियान, भिभिमारी भन्डेर पुर्तेन र छादोर वाङ्मोले क्रमशः शेखर खरेल, महेश पौडेल तथा डा. अर्चना थापासँग छलफल गर्दै आफ्नो धारणा प्रस्तुत गरेका थिए ।

प्यानल छलफलका साथै सीमाभन्दा पर, एशियाकविता वाचन र गद्य वाचनका समेत्र सत्रहरू रहेको महोत्सवमा नेपालसहित भारत, बङ्लादेश, भुटान, श्रीलङ्का, कम्बोडिया र अमेरिकाका सयभन्दा कवि÷लेखकहरूको सक्रिय सहभागिता रहेको थियो । कार्यक्रमको पहिलो दिन साँझमा नेशनल कलेजका विद्यार्थीहरूले कवितापाठ तथा सांस्कृतिक कार्यक्रम प्रस्तुत गरेका थिए । कार्यक्रमको स्वागत मन्तव्य भीष्म उप्रेतीले दिनुभएको थियो ।

कार्यक्रमको तेस्रो दिन नेशनल कलेजले विदेशबाट आएका कवि÷लेखकहरूलाई भक्तपुर शहरको अवलोकन गराएको थियो । साहित्य महोत्सवलाई प्रभु बैंक, नेपाल इन्भेष्टमेन्ट मेगा बैंक, माछापुच्छ्रे बैंक, ग्लोबल आईएमई बैंक, कुमारी बैंक, ज्योति विकास बैंक, नेपाल विमा संस्थान, महालक्ष्मी विकास बैंक, गोर्खाज फाइन्स लिमिटेड र जरा फाउन्डेसनले प्रायोजन गरेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप