मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

'ए' डिभिजन लिग : नवप्रवेशी टिम खुमलटारको विजयी सुरुवात

शुक्रबार, १९ फागुन २०७९, १९ : ५५
शुक्रबार, १९ फागुन २०७९

काठमाडौँ । एफसी खुमलटारले सहिद स्मारक 'ए' डिभिजन लिग २०७९ मा विजयी सुरुआत गरेको छ ।

शुक्रबार भएको उद्घाटन खेलमा फ्रेन्ड्स क्लबलाई १-० गोल अन्तरले हराउँदै खुमलटारले सुखद सुरुआत गरेको हो ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा खुमलटारको जितमा मेसुके ओलुमोउले निर्णायक गोल गरे ।

ओलुमोउले खेलको ८९ औं मिनेटसम्म गोल गर्दै टिमलाई जित दिलाए । 

जितसँगै खुमलटारले पहिलो खेलमा ३ अंक जोडेको छ । फ्रेन्ड्सले हारबाट लिगको सुरुआत गरेको छ ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप