सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

‘तिमी मेरो’ मा सुचिन्दा र सन्जिवको अभिनय

आइतबार, २१ फागुन २०७९, १७ : ४३
आइतबार, २१ फागुन २०७९

काठमाडौंँ । गायिका सुचिन्दा श्रेष्ठ र गायक अमन प्रधानको स्वरमा रहेको गीत ‘तिमी मेरो’ सार्वजनिक भएको छ । वरिष्ठ गीतकार अम्बिका गुरुङको शब्द र अमन प्रधानको संगीत रहेको गीत वेष्टन पप जनरामा तयार गरिएको छ । 

गीतको भिडियोमा गायिका सुचिन्दा र गायक सन्जिबकै अभिनय छ । भिडियोमा पछिल्लो समय मुलुकबाट युवा विदेशिने ट्रेन्ड र विदेशिएका प्रेमीलाई कुर्ने प्रेमीको रोमान्टिक र संयोगान्त सन्देश देखाइएको छ ।

भावसागर इन्टरटेन्टमेन्टबाट सार्वजनिक भिडियो राजेश पुमा राईले निर्देशन गरेका हन् । भिडियोमा उत्सब दाहालको क्यामेरा, विकास दाहालको सम्पादन छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप