मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

ए डिभिजन लिग : सातदोबाटोको विजयी सुरुवात

आइतबार, २१ फागुन २०७९, १८ : ४३
आइतबार, २१ फागुन २०७९

काठमाडौँ । शहीद स्मारक ए डिभिजन लिग फुटबल प्रतियोगिता अन्तर्गत त्रिभुवन आर्मी क्लब र संकटा क्लबले बराबरी खेल्दै अंक बाँडेका छन् ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आइतबार सम्पन्न खेलमा आर्मी र संकटाले गोलरहित बराबरी खेलेका हुन् । खेलमा दुवै टोलीले पाएको अवसरलाई सदुपयोग गर्न नसक्दा गोल गर्नबाट चुके । खेल बराबरीमा रोकिएसँगै दुवै टोलीले पहिलो खेलमा १–१ अंक बाँडेका छन् । 

त्यस्तै आज नै च्यासल मैदानमा भएको खेलमा सातदोबाटो युथ क्लबले जित हासिल गरेको छ । सातदोबटोले न्युरोड टिम एनआरटीलाई २–१ गोल अन्तरले हराउँदै जित हासिल गरेको हो । सातदोबाटोको जितमा दीपकराज ठकुरीले दुई गोल गरे ।  

एनआरटीका निकोलस सङले एक गोल फर्काए । खेलको ४५ औं मिनेटमा दीपकले गोल गर्दै सातदोबाटोलाई सुरुवाती अग्रता दिलाएका थिए । 

तर, पहिलो हाफको इन्जुरी समयमा निकोलसले गोल गर्दै एनआरटीलाई १–१ को बराबरीमा ल्याए । ८४ औं मिनेटमा दीपकले व्यक्तिगत दोस्रो गोल गर्दै सातदोबाटोलाई २–१ को जित दिलाए । जितसँगै सातदोबाटोले पहिलो खेलबाट ३ अंक जोडेको छ । 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप