मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

आर्मी र संकटाको खेल बराबरी

आइतबार, २१ फागुन २०७९, १९ : ०३
आइतबार, २१ फागुन २०७९

काठमाडौँ । विभागीय टोली त्रिभुवन आर्मी क्लब र संकटा क्लबबीचको खेल सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिता अन्तर्गत खेल बराबरीमा सकिएको छ ।

आइतबार भएको खेलमा आर्मी र संकटाले गोलरहित बराबरी खेलेका हुन् ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा प्रतिस्पर्धात्मक खेलमा दुवै टोलीले पाएको अवसरलाई सदुपयोग गर्न सकेनन् ।

गत वर्ष दोस्रो भएर सिजन सकाएको आर्मीले यो सिजन बराबरीबाट सुरु गरेको हो ।

यो बराबरीसँगै आर्मीले पहिलो खेलमा १ अंक जोडेको छ । यता संकटाले पनि १ अंक जोडेको छ ।

आजनै भएको अर्को खेलमा न्युरोड टिम एनआरटीलाई २–१ गोल अन्तरले हराउँदै सातदोबाटोले सुखद सुरुआत गरेको छ ।

च्यासल रंगशालामा आइतबार सातदोबाटोको जितमा दीपक राज ठकुरीले दुई गोल गरे ।  एनआरटीका निकोलस सङले एक गोल फर्काए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप