सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

लोक गायिका भुमिकाले कसिन् लगनगाँठो

सोमबार, २२ फागुन २०७९, ११ : ५४
सोमबार, २२ फागुन २०७९

काठमाडौँ । चर्चित लोक गायिका भुमिका गिरी विवाह बन्धनमा बाँधिएकी छन् । सल्यानका हिजन बिष्टसँग उनले सोमबार परम्परागत विवाह गरेकी हुन् ।  उनको विवाह समारोह अहिले सल्यानमा चलिरहेको छ । विवाहमा दुबै तर्फका सिमित आफन्त र साथीभाइ सहभागी छन् ।

भुमिका र हिजनले केही बर्षको प्रेमलाई पारिवारिक सहमतीमा विवाहमा परिणत गरेका हुन् । गायिका गिरीले विवाह अगाडि ब्याचलर पार्टी दिएकी थिइन् । सोही सिलसिलामा उनले पहिलो पटक आफ्नो विवाहको खुलासा गरेकी हुन् । गायिका गिरीको ‘देउरालीमा’, चोली मैलो भो’ लगायतका गीत हिट छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप