आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

गुजरात : डुङ्गामा भेटियो ४२५ करोड भारुको ड्रग

मङ्गलबार, २३ फागुन २०७९, १३ : १५
मङ्गलबार, २३ फागुन २०७९

भारतको गुजरातस्थित एक इरानी डुङ्गामा ठुलो परिमाणमा ड्रग भेटिएको छ । भारतीय तटरक्षक बल (आइसिजी) ले सोमबार एक साझा अभियानमा ४२५  करोड भारुको ड्रग्ससँगै एक इरानी डुङ्गा समातेको छ । यो कारबाही गुजरात एटीएसको तर्फबाट दिइएको गोप्य जानकारीको आधारमा गरिएको थियो ।

डिफेन्स पिआरओ गुजरातको तर्फबाट दिइएको जानकारी अनुसार यो डुङ्गामा पाँच जना सवार थिए र यसबाट ६१ किलोग्राम हेरोइन जफत गरिएको छ । यसको मूल्य करिब ४२५ करोड रुपैयाँ हो । डुङ्गालाई अनुसन्धानका लागि गुजरातको ओखा लगिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप