सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

टेकुदेखि माइतीघर मण्डलासम्म स्वास्थ्यकर्मीको वाकाथुन

बुधबार, २४ फागुन २०७९, १२ : २३
बुधबार, २४ फागुन २०७९

काठमाडौँ । राष्ट्रिय स्वास्थ्यकर्मी महासंघ नेपालले नारी दिवसको अवसरमा काठमाडौँको टेकुदेखि माइतीघर मण्डलासम्म वाकाथुन कार्यक्रम सम्पन्न गरेको छ । बुधबार अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा महासंघले वाकाथुम कार्यक्रम सम्पन्न गरेको हो ।   वाकाथुन कार्यक्रमपछि माइतीघरमा आयोजित कोणसभालाई सम्बोधन गर्दै नेकपा (एमाले)का सचिव तथा प्रतिनिधिसभा सदस्य योगेश भट्टराईले अन्तर्राष्ट्रिय स्तरमा ८ मार्च १९११ मा महिला कामदारमाथि भएको श्रम शोषणका बिरुद्ध आवाज उठाएको बताए ।

उनले नेपालमा सहाना प्रधानले श्रमिक महिलाहरूको पक्षमा ८ मार्चमा आवाज उठाउन सुरु गरेको स्मरण गरे । राष्ट्रिय स्वास्थ्यकर्मी महासंघ, नेपालका उपमहासचिव तथा महिला विभाग प्रमुख अमृता बरालले महिलाहरू घरको काममा सिमित हुन पुगेकोमा दुःख व्यक्त गर्दै सबै महिलाहरूले आफ्नो स्वास्थ्यमा ख्याल गर्नु पर्नेमा जोड दिइन् । स्वस्थ जीवयापनका लागि दैनिक हिँडन र फिजिकल व्यायाम गर्न उनले महिलाहरुलाई सल्लाह दिइन् ।

कोणसभामा महासंघका अध्यक्ष डा.झलक शर्मा गौतमले महासंघ स्वास्थ्य सेवामा समर्पित स्वास्थ्यकर्मीहरूको पेशागत अधिकारमुखी संस्था भएको जानकारी दिए । कार्यक्रममा करिव २०० स्वास्थ्यकर्मीहरूको सहभागिता रहेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप