सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

राजदूत आचार्यद्वारा माल्टाका राष्ट्रपतिसमक्ष ओहोदाको प्रमाणपत्र पेस

शुक्रबार, २६ फागुन २०७९, ०८ : ०७
शुक्रबार, २६ फागुन २०७९

लण्डन । बेलायतका लागि नेपाली राजदूत ज्ञानचन्द्र आचार्यले गणतन्त्र माल्टाका राष्ट्रपति डा जर्ज भेल्लासमक्ष ओहोदाको प्रमाण पत्र पेस गरेका छन् । राजदूत आचार्य माल्टाको समेत राजदूत हुन्।

बिहीबार राष्ट्रपतिको दरबार भ्यालेटामा आयोजित एक विशेष समारोहमा राजदूत आचार्यले नेपालका राष्ट्रपति र प्रधानमन्त्रीका तर्फबाट माल्टाका राष्ट्रपति तथा माल्टाका नागरिकहरूको सुस्वास्थ्य र सुखका लागि पठाइएको सन्देश सुनाएका थिए ।

साथै राजदूत आचार्यले नेपालको पछिल्लो राजनीतिक, सामाजिक र आर्थिक विकास तथा वर्तमान सरकारको विकासका प्राथमिकताबारे जानकारी दिए । 

ओहोदाको प्रमाण पत्र ग्रहण गर्दै राष्ट्रपति भेल्लाले आचार्यलाई सफल कार्यकालका लागि शुभकामना दिएका थिए । साथै राष्ट्रपति भेल्लाले आचार्यको कार्यकालमा दुई देशबीचको सम्बन्ध अझै प्रगाढ हुने आशा व्यक्त गरेको लण्डनस्थित नेपाली दूतावासले जनाएको छ । 

सो अवसरमा पर्यटन, शिक्षा, रोजगारका अवसर तथा माल्टास्थित नेपाली समुदायमार्फत आपसी सम्बन्ध अझ विस्तार गर्न दुवै सहमत भएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप