मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

'ए' डिभिजन लिग : चर्च ब्वाइजको जित

शुक्रबार, २६ फागुन २०७९, २० : ३८
शुक्रबार, २६ फागुन २०७९

काठमाडौँ । चर्च ब्वाइज युनाईटेडले सहिद स्मारक 'ए' डिभिजन लिग फुटबलमा लगातार तेस्रो जित निकालेको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शुक्रबार हिमालयन शेर्पा क्लबलाई १-० गोल अन्तरले हराएको हो । 

चर्च ब्वाइजको जितमा आशिष चौधरीले निर्णायक गोल गरे । खेलको २० औं मिनेटमा आशिषले निर्णायक गोल गरेका हुन् ।

जितसँगै चर्च ब्वाइजले ३ खेलमा ९ अंक जोडेर शीर्ष स्थानमा कायम छ ।

हिमालयनको यो पहिलो हार हो । हिमालयनले ३ खेलमा ४ अंक जोडेको छ ।

यसअघि आज भएको अर्को खेलमा थ्री स्टारले खुमलटारलाई हराएको छ ।   

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप