आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

स्ववियू चुनाव : १८ वटा क्याम्पसमा अनेरास्ववियू (क्रान्तिकारी) निर्विरोध निर्वाचित

शनिबार, २७ फागुन २०७९, २२ : ५९
शनिबार, २७ फागुन २०७९

काठमाडौँ । देशभरका १८ वटा क्याम्पसमा अनेरास्ववियू (क्रान्तिकारी) निर्विरोध निर्वाचित भएको छ । शनिबार प्राप्त पछिल्लो रिपोर्टअनुसार १८ वटै क्याम्पसमा अनेरास्ववियू (क्रान्तिकारी)को नेतृत्व स्ववियू सभापतिमा निर्विरोध निर्वाचित भएको हो । रिपोर्टअनुसार जुम्लाको सिन्जा बहुमुखी क्याम्पसमा सन्तोष आचार्य सभापतिमा निर्विरोध निर्वाचित भएका छन् भने स्यार्पु बहुमुखी क्याम्पस रुकम पश्चिममा किरण विश्वकर्मा निर्विरोध निर्वाचित भएका छन् । 

त्यस्तै अन्य १६ वटा क्याम्पसमा पनि अखिल क्रान्तिकारीको नेतृत्व निर्वाचित भएको छ ।  त्रिभुवन विश्वविद्यालयसहित विभिन्न विश्वविद्यालयमा  चैत ५ गते हुने स्ववियू निर्वाचनका लागि  शनिबार बिहान ११ बजदेखि दिउँसो २ बजेसम्म  विद्यार्थी सङ्गठनका तर्फबाट उम्मेदवारले मनोनयन पत्र दर्ता गराएका छन् ।। 
को कहाँ निर्वाचित भए ? तलको सूची हेर्नुहोस् :
१ सिन्जा बहुमुखी क्याम्पस सिन्जा, जुम्ला : सन्तोष आचार्य  
२. स्यार्पु बहुमुखी क्याम्पस, रुकुम पश्चिम : किरण विश्वकर्मा
३. सानोभेरी शिक्षा क्याम्पस, रुकुम पश्चिम : वीरभान भण्डारी 
४. सितल क्याम्पस चौरजाहारी, रुकुम पश्चिम : निराजन केसी
५. चतुर्देव हिसुपु क्याम्पस रातापानी, मुगु : मनसुर कार्की 
६. बन्गाड क्याम्पस, सल्यान : अजय बिष्ट
७. फारुलला बहुमुखी क्याम्पस दार्मा, सल्यान : वरुण न्यौपाने 
८. लिकु संयुक्त क्याम्पस, डोल्पा : रनचन्द्र शाही
९. जाजरकोट छेडागाड जनज्ञानकुञ्ज क्याम्पस, जाजरकोट : जागेश्वर थापा
१०. गुराँस बहुमुखी क्याम्पस, बर्दिया : सन्जोग श्रेष्ठ 
११. चन्द्रकोट बहुमुखि क्याम्पस चन्द्रकोट, गुल्मी : प्रभा पौडेल
१२. मरिण बहुमुखी क्याम्पस, सिन्धुली : विज्ञान दोर्जे बल
१३. सुनकोसी क्याम्पस, सिन्धुली : विनिता न्यौपाने
१४. शिद्धज्योति शिक्षा क्याम्पस, सिन्धुली : गोविन्द पहाडी
१५. गोरखा क्याम्पस, गोरखा : विष्णु पाण्डे
१६. कंकलिङ क्याम्पस, सिन्धुपाल्चोक : लक्ष्मण घिसिङ  
१७. चौतारा बहुमुखी क्याम्पस, सिन्धुपाल्चोक : अमृत श्रेष्ठ 
 १८. नेत्रावती सामुदायिक बहुमुखी क्याम्पस, धादिङ : सीता निमल्सिना 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप