मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

यू–२० एसियन कप छनोट : दोस्रो चरणमा पुग्ने नेपालको लक्ष्य

आइतबार, २८ फागुन २०७९, १५ : २२
आइतबार, २८ फागुन २०७९

काठमाडौँ । एएफसी यू–२० महिला एसियन कप छनोटको दोस्रो खेलमा नेपालले आज नर्दन मारियाना आइल्याण्डसँग प्रतिस्पर्धा गर्दैछ ।

फैजल अल हुसेनी अन्तराष्ट्रिय रंगशालामा हुने नेपाल र नर्दन मारियानाबीचको खेल नेपाली समय अनुसार साँझ ६ः४५ बजे सुरु हुनेछ ।

नेपालले आजको खेलमा जित निकाल्न सकेमा दोस्रो चरणमा पुग्नेछ । पहिलो खेलमा प्यालेस्टाइनलाई ६–० गोल अन्तरले हराएको नेपाल आजको खेलमा नर्दन मारियानालाई हराउन चाहन्छ ।

यता पहिलो खेलमा प्यालेस्टाइनसँग पराजित भएको नर्दन मारियाना पहिलो जितको खोजिमा हुनेछ । समूह ‘बी’ मा रहेको नेपाल १ खेलमा ३ अंक जोडेर शीर्ष स्थानमा छ ।

यस समूहबाट समूह विजेताले दोस्रो चरणमा स्थान बनाउने छ । दोस्रो चरण जुन ३ देखि ११ सम्म हुनेछ । जसबाट उत्कृष्ट ४ टोलीले उज्वेकिस्तानमा हुने यू–२० महिला एसियन कप खेल्नेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप