आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

धनुषा प्रहरीको हिरासतबाट भागेका थप १ जना थुनुवा पक्राउ

आइतबार, २८ फागुन २०७९, ११ : ०८
आइतबार, २८ फागुन २०७९

काठमाडौँ । धनुषास्थित इलाका प्रहरी कार्यालय महेन्द्रनगरको हिरासतबाट भागेका थप १ जना थुनुवालाई प्रहरीले पक्राउ गरेको छ । हिरासतको पर्खाल भत्काएर माघ १६ मा ६ जना थुनुवा भागेका थिए ।

हातहतियार र खरखजाना मुद्दामा अनुसन्धान भइरहेका ३६ वर्षीय शंकर सिंह महतोलाई पर्साको बीरगञ्जबाट पक्राउ गरिएको जिप्रका धनुषाका डीएसपी बेदप्रसाद गौतमले बताए । शंकर सिंह बीरगञ्जको इनर्वास्थित भन्सार नाका हुँदै भारततर्फ भाग्न लागेका थिए । भागेका थुनुवाहरुमध्ये एकजना अझै फरार छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप