मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय
समाचार

रासायनिक मलको अनुदान कटौती, युरिया मल प्रति केजी १४ बाट २५ रुपैयाँ पुग्यो

सोमबार, २९ फागुन २०७९, १६ : १७
सोमबार, २९ फागुन २०७९

काठमाडौँ । सरकारले रासायनिक मलमा ११.७८ प्रतिशतले अनुदान कटौती गरेको छ । रासायनिक मलको अन्तर्राष्ट्रिय मूल्य बढ्दै गएको तथा अमेरिकी डलरको तुलनामा नेपाली मुद्राको विनियमदरमा कमी आएकोले मलमा दिँदै आएको अनुदान घटाएको कृषि तथा पशुपन्छी विकास मन्त्रालयको जनाएको हो ।

 मन्त्रालयका अनुसार यस अघि ७०.८२ प्रतिशत अनुदान रहेकोमा अब ५९.०४ प्रतिशत मात्र अनुदान पाउने छन् । यसलाई क्रमशः ५० प्रतिशतमा कायम गरिने मन्त्रालयको भनाई छ । मन्त्रालयका अनुसार अब युरियाको २५ रुपैयाँ, डिएपीको ५० रुपैयाँ, पोटासको ४० रुपैयाँ मूल्य कायम भएको छ । यस अघि युरिया १४, डीएपी ४३ र पोटास ३१ रुपैयाँमा पाइन्थ्यो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप