आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

‘श्रमिक संगठनहरू पार्टीप्रति बढी बफादार भए’

मङ्गलबार, ३० फागुन २०७९, १९ : ४४
मङ्गलबार, ३० फागुन २०७९

काठमाडौँ । श्रमिक संगठनहरू पार्टीप्रति बढी केन्द्रित हुँदा श्रमिकका मुद्दाहरू ओझेलमा पर्ने गरेका छन् । श्रमिकको हकहितका लागि भनेर खोलिएका संगठनहरू श्रमिकभन्दा पार्टीका कुरामा ध्यान दिन गरेका हुन् । 

जसले गर्दा श्रमिकका मुद्दामा ओझेलमा पर्ने गरेका छन् भने श्रमिकहरू आवाज सम्बन्धित निकायसम्म पुग्ने सकेको छैन । जुन कुरामा श्रमिक संगठनहरूले समेत देखिएका छन् । 

नेपाली कांग्रेस निकट श्रमिक संगठन नेपाल ट्रेड युनियन कांग्रेसले आयोजना गरेको एनटीयूसी नीति सम्मेलनमा बोल्ने बत्ताहरूले ट्रेड युनियनहरूले श्रमिकको हितमा काम गर्न नसकेको बताएका हुन् । 

सामाजिक अर्थतन्त्र, श्रमिक र श्रमिक संगठन विषय कार्यक्रममा बोल्दै एनटीयूसीका निवर्तमान अध्यक्ष खिलानाथ दाहालले ट्रेड युनियनहरू सामाजिक आन्दोलनसँग जोडिएको बताए । ट्रेड युनियनहरू सधैँ सरकारको स्थायी प्रतिपक्षी हुने उनको भनाई छ । 

‘श्रमिक संगठनहरू भनेका त सधैँ सरकारी स्थायी प्रतिपक्षी हुनुपर्ने हो । तर, हाम्रा सँगठनहरू पार्टी र नेतालाई केही पनि भन्न नसक्ने भए । जसले गर्दा श्रमिकका हक हितमा काम गर्न सकिएन्,’ उनले भने । 

एनटीयूसीले समेत श्रमिकको हक हितका लागि काम गर्न नसकेको उनको भनाई छ । ‘न हामी पार्टी निकट भएर काम गर्न सक्यौं । न त संगठनप्रति नै जवाफदेही हुन सक्यौं,’ उनले भने । 

श्रमिकहरू कांग्रेसका भोटर भएको भन्दै उनले ती भोटरहरूलाई बचाई राख्नको लागि समेत श्रमिकको हितमा काम गर्नुपर्नेमा उनको जोड थियो । सन् २०३० सम्ममा कामको प्रकृतिमा थुप्रै खालको परिवर्तन  आउने भन्दै श्रमिक संगठनहरू त्यही आधारमा अघि बढ्नुपर्ने बताए ।

कार्यक्रममा राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष डा. गोविन्द पोखरेलले ट्रेड युनियनहरू सुध्रिनुपर्ने देखिएको बताए । १५ औं शताब्दीदेखि नै सामाजिक मुद्दाहरू उठान गरिएको स्मरण गराउँदै अब समय सापेक्ष अगाडि बढ्नुपर्ने बताए । श्रमिकलाई सम्मान गर्न नसकिएको उनको भनाई छ । 

अहिले ऋण लिएर भत्ता बाँड्नुपर्ने अवस्था रहेको भन्दै उनले त्यसका लागि अर्थतन्त्रमा सुधार ल्याउनुपर्नेमा उनको जोड थियो । 

कार्यक्रममा बोल्दै नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाले पार्टी भित्रैबाट बीपी कोइरालामाथि अन्याय भइरहेको टिप्पणी गरे । आजको समस्या समाधान गर्न पनि बीपी कोइरालाले नै भनि दिएको हुनुपर्ने अवस्था पार्टीभित्र रहनु बीपीमाथि नै कांग्रेसले अन्याय गर्नु रहेको उनको तर्क थियो । 

नेपालमा सृजना भएका रोजगारीमा नेपालीहरूले काम नपाउने चुनौती आज रहेको र त्यसको समाधान बीपी कोइरालाको भनाइलाई खोजेर गर्न नसकिने बताए । आफ्नो भागमा परेको समस्याको समाधान आफैंले गर्नुपर्ने बताए । 

वैदेशिक रोजगारीमा जान दिने अनि त्यसो गर्नु गलत छ भनेर मुलुकलाई अघि बढाउन नसकिने उनको भनाई थियो । 

कार्यक्रममा प्रा.डा. अच्युत वाग्लेले कार्यपत्र प्रस्तुत गरेका थिए । कार्यपत्र प्रस्तुत गर्दै उनले कामदारको अधिकार प्राप्त गर्न अझै गाह्रो भएको बताएका थिए । श्रमिक स्वयम आफैंले आफ्नो अधिकारका लागि लड्दै आएको भन्दै त्यसको पछाडिको काम ट्रेड युनियनहरूले काम गर्न नसकेको बताए । 

कार्यक्रममा आफ्नो मन्तव्य राख्दै अन्य वक्ताहरूले समेत ट्रेड युनियनहरू श्रमिकभन्दा पार्टीप्रति बढी वफादार भएकोमा जोड दिए । 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप