सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

रवि ओडको ‘ओई मेरी रामप्यारी’ मा सुशान्त र लोसिनाको रोमान्स

शुक्रबार, ०३ चैत २०७९, १० : ४७
शुक्रबार, ०३ चैत २०७९

काठमाडौंँ । ‘नेपाल आइडल सिजन २’ का विजेता गायक रवि ओडको स्वर रहेको गीत ‘ओई मेरी रामप्यारी’ सार्वजनिक भएको छ । हर्क साउँदको शब्द र एसडी योगीको संगीत रहेको गीतमा रिकेश गुरुङको एरेञ्ज छ ।

भिडियोमा अभिनेता सुशान्त कार्की र लोसिना लामिछानेको अभिनय छ । केही समयको अष्ट्रेलिया बसाईपछि नेपाल फर्किएका अभिनेता कार्की अहिले एकपछि अर्काे म्युजिक भिडियोमा देखिरहेका छन् । उनले करिब एक दर्जन फिल्म अभिनय गरेका छन् । 

भिडियोमा शिवराम श्रेष्ठको छायांकन, नविन निरौलाको सम्पादन र प्रमोदकुमार भण्डारीको कोरियोग्राफी र निर्देशन रहेको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप