सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

हेम–सरिता फाउन्डेसनले एक लाख राशिको कविता प्रतियोगिता गर्ने

मङ्गलबार, ०७ चैत २०७९, १५ : १३
मङ्गलबार, ०७ चैत २०७९

काठमाडौँ । ‘विश्व कविता दिवस’को अवसर पारेर हेम–सरिता पाठक फाउन्डेसनले भ्रष्टाचारविरुद्ध जनचेतना जगाउने उद्देश्यले एक लाख राशिको ‘भ्रष्टाचार विरूद्धको अन्तर्राष्ट्रिय कविता प्रतियोगिता’को आह्वान गरेको छ ।

‘भ्रष्टाचार विरुद्धको अन्तर्राष्ट्रिय विश्वव्यापी खुल्ला कविता प्रतियोगिताको आयोजना गर्ने कुरा जानकारी गराइन्छ,’ फाउन्डेसनले एक विज्ञप्तिमार्फत भनेको छ, ‘कविताको विषय सन्दर्भ : भ्रष्टाचारविरुद्ध चेतना जगाउने खालको हुनुपर्नेछ ।’

 सो प्रतियोगितामा भाग लिनलाई निम्न मापदण्ड तोकेको छ– 

–आफ्नै कविता कान्तिपुर, प्रीति वा मङ्गल फन्टमा टाइप गरी इमेलमार्फत पठाउनुपर्नेछ, 

–कविता अप्रकाशित र बढीमा २०० शब्दको हुनुपर्नेछ, 

–कुनै पनि राजनीतिक पूर्वाग्रह र गालीगलौज, साम्प्रदायिक भावनालाई प्रोत्साहित गर्ने विचारहरू र  अश्लील शब्दको प्रयोग गरिएको हुनुहुँदैन । 

–एकजना कविले एउटा मात्र कविता पठाउन सक्नेछ, एकभन्दा बढी आएमा कविता स्वतः बदर हुनेछ । 

–कविता नयाँ र मौलिक हुनुपर्नेछ, साथमा आफ्नो छोटो परिचय, पासपोर्ट साइजको फोटो र सम्पर्क ठेगाना पनि पठाउनुपर्नेछ । 

–प्रतियोगिताका लागि प्राप्त कविता कुनै पनि साहित्यिक सञ्जालहरूमा सम्प्रेषण भएको वा पत्रपत्रिकामा पूर्वप्रकाशित भएको पाइएमा स्वतः अस्वीकृत गरिनेछ । 

–प्रतियोगिताका लागि प्राप्त कवितामा अरू कसैको कविताको अंश या नक्कल गरिएको पाइएमा स्वतः अस्वीकृत हुनेछ । 

–प्रतियोगिताको निर्णयमा कुनै पनि विवाद आएमा अन्तिम निर्णय संयोजकको रहने छ । 

–कविता प्राप्त हुनुपर्ने अन्तिम दिन २०८० साउन मसान्तसम्म हुनेछ ।

–पुरस्कार : नगद, एक लाख (प्रमाणपत्रसहित) हुनेछ । 

पुरस्कारको निर्णयअघि उत्कृष्ट  २५ कविताको सूची तयार गरी सम्बन्धित कविहरूले आआफ्नो स्वरमा भडियो रेकर्ड तोकिएको समयमा पठाउनुपर्नेछ । 

यस प्रतियोगितामा समावेश उत्कृष्ट कविताहरूको सङ्ग्रह  प्रकाशित गरिने हेम सरिता पाठक फाउन्डेसनका अध्यक्ष राधेश्याम लेकालीद्वारा जारी विज्ञप्तिमा जनाइएको छ । साथै प्रतियोगीले यसअगि पनि भ्रष्टाचारविरुद्धको लेखिएको कविताको पनि जानकारी गराउनुपर्ने छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप