तिलोत्तमा नगरभित्र गुट्खाजन्य पदार्थ बिक्री वितरणमा रोक
बुधबार, ०८ चैत २०७९, १९ : ०२
बुटवल । रुपन्देहीको तिलोत्तमा नगरपालिकाभित्र गुट्खाजन्य पदार्थ बिक्री वितरणमा रोक लगाइएको छ ।
समुदायमा आधारित हरियाली प्रवर्द्धन तथा सरसफाइ अभियानको १००औं शृङ्खला पुगेको अवसरमा नगरलाई खुट्खाजन्य पदार्थमुक्त क्षेत्र घोषणा गरिएको हो ।
यही चैत्र १ गते गरिएको घोषणा कार्यान्वयनका लागि मंगलबार एक सूचना जारी गर्दै नगरपालिकाले १५ दिनभित्र त्यस्ता पदार्थहरु राखेका पसल तथा डिलरहरुबाट हटाउन आग्रह गरेको हो ।
सूचना जारी भएको मिति चैत्र ७ गतेदेखि १५ दिनपछि नगरमा कुनै पसल वा डिलरहरुले गुट्खाजन्य पदार्थ बिक्री गरेको भेटिएमा जरिवाना गरिने सूचनामा उल्लेख छ ।