आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

३० लाख बढी बालबालिकाको जन्मदर्ता

शुक्रबार, १० चैत २०७९, २२ : २२
शुक्रबार, १० चैत २०७९

काठमाडौँ । नेपालमा बालबालिकाको जन्मदर्ता गराउने अवस्थामा सुधार भएको छ । राष्ट्रिय तथ्यांक विभागले शुक्रबार सार्वजनिक गरेको १२ औं राष्ट्रिय जनगणना २०७८ अनुसार पहिलोपटक ५ वर्ष वा सोभन्दा मुनिका ३० लाख ७ हजार ६४८ जना बालबालिकामध्ये ७४ प्रतिशतको जन्मदर्ता गरिएको हो ।

यस्तै, २६ प्रतिशत बालबालिकाको अझै जन्मदर्ता भएको छैन । तथ्यांकअनुसार हिमालमा ८१.९ प्रतिशत, पहाडमा ७३.१ प्रतिशत र तराईमा ७३.७ प्रतिशतले जन्मदर्ता गरेका छन् । सबैभन्दा बढी कर्णाली प्रदेशमा ८७.३ र कम बागमती प्रदेशमा ६७ प्रतिशतले मात्र जन्म दर्ता गरेका छन् ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप