मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

बायर्न म्युनिखका मुख्य प्रशिक्षक नागेल्समन बर्खास्त

शनिबार, ११ चैत २०७९, ०८ : ३४
शनिबार, ११ चैत २०७९

काठमाडौं । जर्मन बुन्डेसलिगाको क्लब बायर्न म्युनिखका मुख्य प्रशिक्षक युलियन नागेल्समन बर्खास्तीमा परेका छन् ।

पछिल्लोपटक बायर लेभरकुसेनसँग २–१ ले पराजित भएको खेलमा ३५ वर्षीय नागेल्समनले बायर्नको प्रशिक्षण गरेका थिए । लेभरकुसेनसँग पराजित भएपछि बायर्नले शीर्ष स्थान गुमाएको थियो भने बोरुसिया डर्टमन्ड शीर्ष स्थानमा उक्लिन पाएको थियो । 

नागेल्समनले सन् २०२१ देखी बायर्नको प्रशिक्षण सम्हाल्दै आएका थिए । उनको प्रशिक्षणमा बायर्नले गत सिजनको बुन्डेस लिगाको उपाधि जितेको थियो भने त्यो बायर्नले उपाधि जितेको लगातार १०औँपटक थियो ।

बायर्नले अब आउँदो अप्रिल १ मा डर्टमन्डविरुद्ध खेल्दैछ भने च्याम्पियन्स लिगको क्वार्टरफाइनलमा भने बायर्नले म्यानचेस्टर सिटीविरुद्ध प्रतिस्पर्धा गर्नेछ ।

युलियनको बर्खास्ती पछि बायर्नमा अब थोमस टुचेलले प्रशिक्षणको जिम्मेवारी पाउने सम्भावना देखिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप