मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

साफ यू–१७ महिला च्याम्पियनसिप : नेपालको चार खेलमा चार अङ्क

मङ्गलबार, १४ चैत २०७९, २२ : २१
मङ्गलबार, १४ चैत २०७९

ढाका । साफ यू–१७ महिला च्याम्पियनसिप फुटबल प्रतियोगिताअन्तर्गतको आफ्नो अन्तिम खेलमा नेपालले आयोजक बङ्गलादेशसँग बराबरी खेलेको छ ।

बङ्गलादेशको ढाकास्थित बीएसएसएस मोस्ताफा कमल स्टेडियममा आज भएको खेलमा नेपालले बङ्गलादेशसँग १–१ गोलको बराबरी खेलेको हो । खेलको पहिलो हाफमा एक गोलको अग्रता बनाएको नेपालले खेलको दोस्रो हाफलाई जोगाउन सकेन । 

खेल सुरुआती आठौँ मिनेटमा सेनु परियारले गोल गर्दै नेपाललाई सुरुआती अग्रता दिलाइन । तर नेपालको त्यो एक शून्य गोलको अग्रता लामो समयसम्म टिक्न सकेन । खेलको ७५औँ मिनेटमा बङ्गलादेशकी खेलाडी सागोरिकाले गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याइन् । त्यसपछि दुवै टोलीबाट गोल हुन सकेन र खेल बराबरीमा सकियो ।  

यस बराबरी खेलसँगै नेपाल चार खेलमा चार अङ्क जोड्दै प्रतियोगिताको अन्त्य गर्‍यो । बङ्गलादेशले पनि ४ खेलमा ७  अङ्क जोड्यो र उपाधि जित्ने सम्भावना पनि समाप्त गर्‍यो ।  सोही प्रतियोगितामा आज नै रसिया र भारतबीच प्रतिस्पर्धा हुँदैछ । रसिया ९ अङ्क जोडेर शीर्ष स्थानमा रहेको छ । भारतको ६ अङ्क छ । राउण्ड रोबिनको आधारमा हुने प्रतियोगिताको शीर्ष टोलीले उपाधि जित्नेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप