आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय
राजनीति

सङ्क्रमणकालीन न्याय टुङ्ग्याउन ओलीले दिए चार सूत्र, नत्र विरोध !

बिहीबार, १६ चैत २०७९, १५ : २५
बिहीबार, १६ चैत २०७९

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्माओलीले सङ्क्रमणकालीन न्याय टुङ्ग्याउन चार सूत्र अपनाउनुपर्ने बताएका छन् । बिहीबार काठमाडौँमा भएको साक्षात्कार कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले चार सूत्रका आधारमा सङ्क्रमणकालीन न्यायलाई टुङ्गोमा पुर्‍याउनुपर्ने बताएका हुन् ।  

‘अन्तर्राष्ट्रिय रूपमा विश्व समुदायलाई मान्य हुने एउटा । दोस्रो हाम्रो सर्वोच्च अदालतले गरेको फैसलाका आधारमा । तेस्रो दण्डहीनता भयो होइन, दण्डहीनताको अन्त्य गरिएको छ भन्ने गरी चौथो पीडितले परिपूरण पाउने गरी’, ओलीको भनाइ छ । 

तर अहिलेको सरकारले फास्ट ट्र्याकका नाममा पीडितलाई न्याय नदिने गरी कानुन अघि बढाउन खोजेको भन्दै त्यसको विरोध गरिने बताए । 

‘वलजफ्ती सहमति भयो भनेर दबाएर र राज्यसत्ताको दुरुपयोग गरेर गर्न मिल्दैन’पूर्व प्रधानमन्त्री समेत रहेका ओलीले प्रश्न गरे,‘फास्ट ट्र्याक किन ? १८ वर्ष बित्यो । एक महिनाभित्र हुन्छ भने दुई दिनमा छलफल नै गर्न नदिई, जोडजाडको बहुमत छ भनेर यस प्रकारको मजाक गर्न पाउनुहुन्छ नेपाली जनतासँग ?’

उनले संसद् जस्तो गरिमामय ठाउँमा प्रक्रियागत ढङ्गले छलफल नगरी चल्न खोजे विरोध गर्ने समेत बताए । ओलीले सङ्क्रमणकालीन न्यायलाई ठगी खाने भाँडो नबनाई समस्याको समाधान गर्नुपर्ने र पीडितले न्याय पाउनुपर्ने बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप