सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

नेपालमा स्वास्थ्य वैज्ञानिकहरूको शिखर सम्मेलन हुने

मङ्गलबार, २१ चैत २०७९, १७ : ५२
मङ्गलबार, २१ चैत २०७९

काठमाडौँ । नेपालमा स्वास्थ्य तथा जनसङ्ख्या वैज्ञानिकहरूको नवौँ राष्ट्रिय शिखर सम्मेलन हुने भएको छ । नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले यही चैत्र २८ र २९ गते काठमाडौँमा सो शिखर सम्मेलनको आयोजना गर्न लागिएको जानकारी गराएको हो । 

‘स्वास्थ्यका लागि अनुसन्धान, कार्यान्वयनका लागि तथ्य अन्वेषण’ भन्ने मूल नाराका साथ आयोजना हुने सो शिखर सम्मेलनको उद्घाटन प्रधानमन्त्री पुष्पकमल दाहालले गर्नुहुने कार्यक्रम पनि तय गरिएको परिषद्का सदस्य सचिव डा. प्रदीप ज्ञवालीले बताए । 

सम्मेलनमा विश्व स्वास्थ्य संगठनसहितका स्वास्थ्य तथा जनसङ्ख्या क्षेत्रका वैज्ञानिकहरू, विज्ञहरू र नीति निर्माताहरू सहभागी हुनेछन् । करिब हजार जना भन्दा बढी विज्ञहरूसँग घनिभूत छलफल गरी सरकारलाई यस क्षेत्रको नीति निर्माणमा सहयोग गर्नु सो शिखर सम्मेलनको मुख्य उद्देश्य रहेको पनि परिषद्का सदस्य सचिव ज्ञवालीले बताए । उनले भने,  ‘नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले विगतमा वर्षहरूमा जस्तै यो वर्ष पनि स्वास्थ्य क्षेत्रका वैज्ञानिकहरूको नवौँ राष्ट्रिय शिखर सम्मेलन हुँदै छ । सन् २०१५ सालमा हामीले यो सुरु ग¥यौं । हरेक वर्ष एउटा नियमित कार्यक्रमको हिसाबले यो वर्ष पहिला भन्दा अलि पृथक् विभिन्न खालका देश विदेशबाट स्वास्थ्य सम्बन्धी वैज्ञानिकहरू, पोसिली मेकरहरु, प्रादेशिक लेबलबाट पाल्नु हुने विज्ञहरूसहितको भेला गरेर हामीले एकअर्काबीच परिचित हुने, आफ्ना अनुसन्धान सम्बन्धी ज्ञान र सीप चाहिँ एक अर्कालाई बाँड्ने, त्यो प्राप्त नतिजा, तथ्यांकहरुलाई पोसिली लेबलमा पस्किने गरी यो वर्ष पनि हामी सो सम्मेलन गर्दैछौं । त्यसका लागि हामीले प्रमुख थिम बनाएका छौँ । त्यो थिम भनेको स्वास्थ्यका लागि अनुसन्धान, कार्यान्वयनका लागि तथ्य अन्वेषण भन्ने रहेको छ । ती अनुसन्धान र अध्ययनबाट आएका तथ्यहरूलाई वैज्ञानिक हिसाबले हेरेर पोसिली निर्माणमा के, कति सहयोग गर्न सकिन्छ ? त्यसको अनुसन्धान गरेर हामीले राज्यलाई पोसिली बनाउन सहयोग गर्ने मुख्य उद्देश्य हो । २०१ जनाको सम्बन्धित विषयमा प्रस्तुति छ । उत्कृष्ट हुनेलाई अवार्डको पनि व्यवस्था गरिएको छ । त्यसैगरी योङ साईन्टिस्ट अवार्ड हुन्छ । हेल्थ रिसर्च अवार्ड हुन्छ । एक हजारसम्म प्रतिनिधिहरू सहभागी हुनेछन् ।’

शिखर सम्मेलनमा २०१ वटा प्रस्तुति रहेको छ । त्यसमध्ये उत्कृष्ट हुनेलाई अवार्डको समेत व्यवस्था गरिएको पनि परिषद्ले जनाएको छ । यसै अवसर पारेर परिषद्ले सदाझैं यस वर्ष पनि योङ साईन्टिस्ट अवार्ड, हेल्थ रिसर्च अवार्डलगायतका ८ वटा विभिन्न विधाका अवार्डहरु वितरण गर्नेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप