सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

१८ करोडमा निर्मित प्रादेशिक आयुर्वेद चिकित्सालय उद्घाटन

बुधबार, २२ चैत २०७९, १४ : ०१
बुधबार, २२ चैत २०७९

धनगढी । धनगढीस्थित प्रादेशिक आयुर्वेद चिकित्सालय उद्घाटन भएको छ । एक कार्यक्रमका बीच बुधवार मुख्यमन्त्री कमलबहादुर शाहले चिकित्सालय उद्घाटन गरेका हुन् । केही महिनादेखि सेवा सुरु भएको चिकित्सालयको औपचारिक रूपमा उद्घाटन गरिएको हो ।

चिकित्सालय उद्घाटन गर्दै मुख्यमन्त्री शाहले चिकित्सालयलाई प्रदेश सरकारको ठुलो सम्पत्तिको रूपमा लिएको बताए । जसको संरक्षण, प्रवर्द्धनको दायित्व प्रदेश सरकारको रहेको शाहको भनाइ छ ।

सङ्घीय सरकारको १८ करोड लागतमा निर्मित ५० शैयाको चिकित्सालय सञ्चालनमा आएको हो । चिकित्सालयबाट निःशुल्क औषधी, निःशुल्क प्रयोगशाला सेवा, पञ्चकर्म, पूर्वकर्म सेवा, योग शिक्षा, विरामी चेक जाँच, बाथ रोग उपचार, ग्यासट्रयाइटिससम्बन्धी उपचार, पायल्स, फिस्टुला, फिसर, महिलाको तल्लो पेटसम्बन्धी समस्याको निदान, छाला सम्बन्धी समस्याको उपचार हुँदै आएको छ । 

चिकित्सालयको नयाँ वर्षदेखि अन्तरङ्ग सेवा सुरु गर्ने योजना छ । चिकित्सालय व्यवस्थापन समितिका अध्यक्ष नरेश विष्टका अनुसार निकट भविष्यमा फिजियोथेरापी, अकुपञ्चरलगायत सेवा सञ्चालन गर्ने योजना रहेको छ । चिकित्सालयमा दैनिक १ सय ५० भन्दा बढी बिरामीले सेवा लिँदै आएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप