आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

अर्थमन्त्री डा. महत र अमेरिकी राजदूत थमसनबीच भेट

बुधबार, २२ चैत २०७९, १७ : ०६
बुधबार, २२ चैत २०७९

काठमाडौँ । अर्थमन्त्री डा.प्रकाशशरण महतसँग नेपालका लागि अमेरिकी राजदूत डेयन आर थमसनले भेट गरेका छन् । बुधबार मन्त्रालयमा भएको भेटमा दुई देशबीच सहयोगको दायरा अझ फराकिलो बनाउने विषयमा छलफल भएको थियो । कुन–कुन क्षेत्रमा अमेरिकाले थप अनुदान सहयोग उपलब्ध गराउन सक्छ भन्ने विषयमा मन्त्री डा.महत र राजदूत थमसनबीच छलफल भएको थियो ।

मिलेनियम च्यालेन्जर कर्पोरेशन (एमसीसी) र अमेरिकी सहयोग नियोग (युएसएड) मार्फत अमेरिकाले नेपालमा अनुदान थप्न इच्छुक रहेको छ । त्यसैगरी नयाँ परियोजनामा लगानी गर्न अमेरिका तयार रहेको भेटपछि मन्त्री डा.महतले जानकारी दिए । आर्थिक समृद्धिका लागि नेपालले कुन क्षेत्रमा लगानी खोजेको हो, त्यसमा अनुरोध आओस् भन्ने अमेरिकाले चाहेको छ, डा.महतले भने । 

नेपालको आर्थिक विकासमा अमेरिकी सहयोग महत्वपूर्ण रहेको मन्त्री महतले बताए । उनले अमेरिकी सरकारको अनुदान सहयोगका लागि राजदूत थमसनलाई धन्यवाद दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप