आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

नयाँ घर बनाउँदा इटहरी उपमहानगरपालिकाले नै नक्सा बनाइदिने

आइतबार, २६ चैत २०७९, ०६ : ०७
आइतबार, २६ चैत २०७९

इटहरी । नयाँ घर बनाउँदा इटहरी उपमहानगरपालिकाले आफैले नक्सा बनाइदिने भएको छ । भवन निर्माण आचारसंहिता अनुसारका घर बनाउन सघाउने गरी उपमहानगरपालिकाले आफैले नक्सा बनाइदिने तयारी गरेको हो ।

 इटहरी उपमहनगरपालिका मेयर हेमकर्ण पौडेलले स्थानीयले भवनको नक्सा बनाउँदा चर्को शुल्क तिर्नुपरेको गुनासो आएकाले उपमहानगरपालिकाले सहजीकरण गर्न लागेको बताए । “निवेदन दिएपछि नक्सा उपमहानगरपालिकाले नै बनाइदिन्छ”, उनले भने, साउन १ गतेदेखि यो सेवा लिन पाउनेछन् ।” 

भूकम्पप्रतिरोधी घर निर्माणमा स्थानीयलाई जागरुक बनाउन उपमहानगरपालिकाले नै चाहेअनुसारको नक्सा बनाइदिन लागेको बताउँछन् । “प्राइभेट इन्जिनियरिङ कन्सल्टेन्सीमार्फत घरको डिजाइन बनाउँदा धेरै महँगो पर्यो भन्ने गुनासो आएको छ”, उनले भने।

सहुलियत दरमा अब उपमहानगरपालिकाले नै नक्सा बनाउने उनको भनाइ छ । 'कन्सल्टेन्सीले घरधनीबाट लिने जथाभावी शुल्क, समयमा उपमहानगरपालिकामा दर्ता नगर्नेजस्ता समस्याले आफैले नक्सा बनाउने काम सुरु गर्न लागेको हो । जनताले थोरै शुल्कमा नक्सा बनाउन भन्ने हाम्रो उदेश्य हो,' मेयर पौडेल भन्छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप