आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय
बागमती प्रदेश

बागमती प्रदेशमा कांग्रेस सहभागी हुँदै, बहादुर र तीर्थ मन्त्री बन्दै

आइतबार, २६ चैत २०७९, १७ : ११
आइतबार, २६ चैत २०७९

काठमाडौँ । नेपाली कांग्रेस बागमती प्रदेश सरकारमा सहभागी हुने भएको छ । बागमती प्रदेश कांग्रेस संसदीय दलका नेता बहादुरसिंह लामाको नेतृत्वका कांग्रेस सरकारमा सहभागी हुन लागेको हो ।

मुख्यमन्त्री शालिकराम जमकटेलको नेतृत्वको सरकारमा कांग्रेसबाट बहादुर लामा र तीर्थ लामा सहभागी हुने एक नेताले रातोपाटीलाई बताए । बहादुरसिंहलाई आर्थिक मामिला तथा योजना मन्त्रालय र तिर्थ खानेपानी, उर्जा तथा सिचाईँ मन्त्रालयको जिम्मेवारी दिइने छ ।

नवनियुक्त मन्त्रीहरुको साढे ६ बजे सपथ हुने मुख्यमन्त्री कार्यालयले जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप