आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

अर्थतन्त्रमा देखिएका समस्या तत्काल समाधान गर्छौं : अर्थमन्त्री डा.महत

आइतबार, २६ चैत २०७९, १९ : ३५
आइतबार, २६ चैत २०७९

काठमाडौँ । अर्थमन्त्री डा.प्रकाशशरण महतले अर्थतन्त्रमा देखिएका समस्या तत्काल समाधान गरी सकारात्मक सन्देश दिनेगरी आफूले काम गर्ने बताएका छन् । 

आइतबार अर्थ मन्त्रालयमा आर्थिक मिडिया सञ्चालक संघ सँगको भेटमा अर्थमन्त्री डा. महतले मुलुकको आर्थिक अवस्था अफ्ठ्यारो अवस्थामा रहेको भन्दै अर्थतन्त्रमा देखिएका समस्या तत्काल समाधान गरी सकारात्मक सन्देश दिनेगरी आफूले काम गर्ने बताएका हुन् ।  

उनले अर्थतन्त्रमा देखिएका सबै खाले समस्या समाधान गरी अर्थतन्त्रलाई लयमा ल्याउन आफू लागि रहेको बताए । अर्थमन्त्री डा. महतले समस्यामा रहेको अर्थतन्त्रलाई सुधार गरी तत्काल सकारात्मक सन्देश दिनुपर्ने भएकाले आफ्नो ध्यान अर्थतन्त्र सुधारमा केन्द्रित रहेको बताए ।  उनले अर्थतन्त्रमा लगानी,बैंकको ब्याजदर,पँुजीबजार र निजी क्षेत्रमा समेत समस्या समाधान गरी तत्काल अर्थतन्त्र सुधार गर्नु आवश्यक रहेको उल्लेख गरे ।  

मन्त्री डा. महतले मुलुकको अर्थतन्त्रमा वाह्य र आन्तरिक समस्याले गर्दा राजश्व संकलन न्यून भएको स्वीकार गरे । उनले  विगतमा आर्थिक वृद्धिदर भन्दा बढी राजश्व संकलनको लक्ष्य राख्ने गरेपनि उत्साहजनक रुपमा संकलन हुने गरेको भन्दै चालु आर्थिक वर्षमा लक्ष्य अनुसार राजश्व संकलन हुने अवस्था नभएको बताए ।    

उनले मुलुकको राजश्व संकलन भन्सारमा निर्भर भएको भन्दै यो वर्ष आयात प्रतिवन्ध लगायतको कारण लक्ष्य पूरा हुन नसकेको बताए ।  

अर्थमन्त्री डा. महतले बजेटको प्रभावकारिता कार्यान्वयन गर्ने र उत्पादनशील क्षेत्रमा लगानीको सुनिश्चित हुनेतर्फ सरकारको ध्यान केन्द्रित हुने बताए । उनले सरकारको भूकम्पमा लिएको वैदेशिक ऋणको दायित्व बढ्दै गएको बताए ।  त्यस्तै, अर्थमन्त्री डा. महतले पुँजी निर्माणको दायरा फराकिलो नहुँदा सरकारले सामाजिक दायित्वहरूलाई बढाएर लैजान नसक्ने बताए ।   उनले सरकारले आम्दानीको दायरालाई बेवास्ता गर्ने सरकारले दिन्छ भनेर मात्रै बोली दिने विषयले समस्या समाधान नहुने बताए ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप