आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

आयातबाट भन्सार घटेको हो कि भन्सार छलेर ? त्यसको ब्रेकडाउन मलाई चाहियो : मन्त्री डा. महत

सोमबार, २७ चैत २०७९, १४ : ३३
सोमबार, २७ चैत २०७९

काठमाडौँ । अर्थमन्त्री डा.प्रकाशशरण महतले भन्सारमा चोरी निकाशीका कारण राजस्व घटेको आशंका गरेका छन् । सोमबार विभागमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै भन्सारका महानिर्देशक, कर्मचारीहरुले इमान्दार भएर काम गर्न निर्देशन दिए । 

 ‘म अर्थ मन्त्रालयमा शोभा बढाउन आएको होइन, राजनीति नेतृत्व, कर्मचारी र उद्योग व्यवसायी सबै मिलेर अहिले अर्थतन्त्रमा देखिएको समाधान गरौं’ मन्त्री डा. महतले भने, ‘अहिले राजस्व घटेको छ । राजस्व घट्दा कर्मचारी दोषी छन भनेर कठघरामा उभिनुभएको छ भन्ने मेरो भनाइ होइन । राजस्व घट्नुको विभिन्न कारण छन् । हामी आफै कति कारक छौं, त्यसको आत्ममूल्यांकन हामी सबैले गर्नुपर्छ । पछिल्लो समयमा चोरी पैठारी बढ्यो, यो चोरी पैठारी भन्सारभन्दा टाढाको बाटोबाट भएको छैन । भन्सार नाकाकै छेउछाउबाटै चुहावट आएको छ, यो गम्भीर कुरा हो ।’   

सोही अवसरमा अर्थमन्त्री डा.महतले भन्सार विभागले मन्त्रालयलाई उपलब्ध गराएको रिर्पोटअनुसार २८ प्रतिशत भन्सार घटेको बताउँदै विभिन्न भन्सार नाकाको भोलुमको कम्पोजिसन र भन्सार घट्नुमा कसको कति योगदान छ भन्ने कुरा रिर्पोटले देखाउने बताए ।

‘भैरहवा भन्सारको सबैभन्दा धेरै घटेको छ । भैरहवा भन्सारबाट ४४ प्रतिशत घटेको छ । त्यहाँको प्रमुखलाई भनिसकेको छु, उहाँ आउनु हुन्छ र गम्भीर छलफल गर्नुपर्ने आवश्यकता मैले देखेको छु’ उनले भने ।

‘महानिर्देशकलाई आग्रह गर्छु, विभिन्न भन्सार नाकाको आयातको प्रकृति के छ त्यसको रिपोट मलाई चाहियो । वस्तु आयातबाट भन्सार घटेको हो कि अर्को बाटोबाट भन्सार छलेर भित्रियो ?त्यसको ब्रेकडाउन मलाई चाहियो’, मन्त्री डा. महतले भने । 

त्रिभुवन विमानस्थल नाकाबाट पनि भन्सार राजस्व धेरै घटेको उनले बताए । त्यहाँ पनि राजस्व चुहावट भएको खबर प्राप्त भएको उनको भनाइ छ । 

‘वीरगन्ज, रसुवा नाकाबाट पनि धेरै भन्सार राजस्व घटेको छ । यसलाई तपाईँहरूले गम्भीर रुपमा लिनु होला । मेरो लागि अरु कुनै मूल्यांकनको आधार छैन । कर्तव्यनिष्ठ भएर काम गर्ने, नतिजा देखाउनु होला’ उनले भने ।

मोबाइल फोनमा सिस्टम लागू नगर्दा चोरी पैठारी बढेको, राजस्व घटेको जिकिर गर्दै अर्थमन्त्री डा.महतले कर्मचारीले आफ्नो जिम्मेवारी उच्च कर्तव्यनिष्ठका साथ पूरा गर्नेमा आफू विश्वास भएको उनले बताए । राज्यको आयले साधारण खर्च धन्न नसक्नु दुर्भाग्य भएको बताउँदै मन्त्री डा.महतले यसमा राजनीतिक नेतृत्व गम्भीर भएको बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप