सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

२० हजार घुससहित इन्जिनियर मेहता पक्राउ

सोमबार, २७ चैत २०७९, १९ : ३९
सोमबार, २७ चैत २०७९

विराटनगर । सुनसरीस्थित बर्जु गाउँपालिकाका इन्जिनियर अजय मेहता २० हजार घुससहित विराटनगरबाट पक्राउ परेका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले मेहतालाई घुस रकमसहित सोमबार पक्राउ गरेको हो । घरनक्सा पासको लागि सेवाग्राहीबाट घुस लिएको आरोपमा मेहतालाई पक्राउ गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ । 

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका केन्द्रीय प्रवक्ता भोला दाहालले दिएको जानकारी अनुसार उनलाई अख्तियारको इटहरीस्थित कार्यालयबाट खटिएको टोलीले विराटनगरको जामुनगाछि पुलचोकबाट पक्राउ गरेको हो । 

उनीमाथि थप अनुसन्धान सुरु गरिएको आयोगले जनाएको छ । सुनसरीको देवानगञ्ज घर भएका मेहता छैटौं तहका कर्मचारी हुन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप