सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

कञ्चनपुरबाट खैरो हेरोइनसहित दुईजना पक्राउ

मङ्गलबार, २८ चैत २०७९, ११ : ४७
मङ्गलबार, २८ चैत २०७९

काठमाडौँ । प्रहरीले कञ्चनपुरको बेलौरी नगरपालिका–६ भुराकोटबाट लागुऔषध खैरो हेरोइनसहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा कैलालीको धनगढी उपमहानगरपालिका–१३ कैलारीगाउँ घर भएका २३ वर्षीय मदन राना र २८ वर्षीय निसान घर्ती मगर छन् ।

ईलाका प्रहरी कार्यालय बेलौरीबाट खटिएको टोलीले १ ग्राम ४८ मिलिग्राम खैरो हेरोइन बरामद गरेको छ । सुपप्र.०१–००९ प ३०९७ नम्बरको मोटरसाइकल चेकजाँच गर्दा खैरो हेरोइन भेटिएको प्रहरीले जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप