आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

केडियालाई ‘ईश्वरलाल लाइफ टाइम अचिभमेन्ट’ अवार्ड

मङ्गलबार, २८ चैत २०७९, २० : ५३
मङ्गलबार, २८ चैत २०७९

काठमाडौँ । केडिया अर्गनाइजेशनका अध्यक्ष तारा चन्द केडियालाई ‘ईश्वरलाल लाइफ टाइम अचिभमेन्ट’ अवार्डद्वारा सम्मानित गरिएको छ । केडियालाई सोमबार नेपाल चेम्बर अफ कमर्सले आफ्नो ७२ औँ वार्षिक साधारण सभाको अवसरमा सम्मानित गरेको हो । 

उनले मुलुकको उद्योग तथा व्यापार क्षेत्रको विकास तथा विस्तारमा निजी क्षेत्रको भूमिकालाई प्रभावकारी बनाउन गर्नुभएको योगदानको कदर गर्दै पुरस्कृत गरिएको चेम्बरले जनाएको हो । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को प्रमुख आतिथ्यमा प्रधानमन्त्री प्रचण्डद्वारा अवार्ड प्रदान गरी सम्मानित गरिएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप