आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

मन्त्रीको घर तोडफोड, एमालेको आपत्ति

बुधबार, २९ चैत २०७९, १६ : ३८
बुधबार, २९ चैत २०७९

काठमाडौँ । कोशी प्रदेशका सामाजिक विकास मन्त्री बुद्धिकुमार राजभण्डारीको काठमाडौँ पेप्सीकोलामा रहेको घरमा तोडफोड भएको छ । मन्त्री राजभण्डारीको घरमा बुधबार बिहान छापामार शैलीमा केही व्यक्तिहरु प्रवेश गरी तोडफोड गरेको भन्दै नेकपा एमाले सोलुखुम्बु जिल्ला कमिटीले खेद व्यक्त गरेको छ । नेकपा एमाले सोलुखुम्बुका अध्यक्ष डुफकुमार बास्तोलाले विज्ञप्ति जारी गर्दै कोशी प्रदेश नामाकरणको विषयलाई लिएर व्यक्तिको निजी सम्पत्तिमाथि गरिएको भौतिक आक्रमण अत्यन्त निन्दनीय र खेदजनक भएको बताएका छन् ।

‘कोशी प्रदेश नामकरणको विषय राजनीतिक विषय हो र राजनीतिक विषयलाई राजनीतिक रुपमै समाधान गरिनुपर्दछ । परिवार र समाजलाई डर, धाकधम्की देखाउँदै आतंकित पार्ने गरी गरिएको यसप्रकारको आपराधिक आक्रमणले बहुजातिय, बहुभाषिक, बहुधार्मिक र बहुसांस्कृतिक पहिचान झल्किने सामाजिक सदभाव सहित मिलेर बसेको हाम्रो समाजलाई विभाजित गर्ने र मुठभेड सम्मको स्थिति सिर्जना गर्न सक्दछ’, चेतावनी दिँदै उनले भनेका छन् । अध्यक्ष बास्तोलाले सस्तो लोकप्रियताको लोभमा गरिएका यस्ता प्रायोजित प्रोपोगाण्डाहरु बन्द गरी समस्या समाधानको बाटोमा लाग्न आग्रह गर्दै तोडफोडमा संलग्नहरुलाई कारवाहीका लागि सरकारसँग अनुरोध गरेका छन् ।

uml

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप