सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

पूजाले भनिन्, ‘यो वर्ष विवाह गर्छु’

शुक्रबार, ०१ वैशाख २०८०, १० : १४
शुक्रबार, ०१ वैशाख २०८०

काठमाडौँ । अभिनेत्री पूजा शर्माले आफूले यो वर्ष विवाह गर्ने बताएकी छन् । नयाँ वर्षको अवसरमा काठमाडौँ मलमा अवस्थित फेसियल हाउसले तयार पारेको वार्षिक क्यालेन्डर सार्वजनिक गर्दै पूजाले विवाहको बारेमा खुलासा गरेकी हुन् । विवाह मिति भने उनले बताएकी छैनन् । पूजा केही समयदेखि युद्ध बानियाँको प्रेममा छिन् ।

‘यो वर्ष मुख्यतया मैले मेरो जिन्दगीको एउटा नयाँ निर्णय समेत लिँदै छु । यो वर्ष वैवाहिक जीवनमा बाँधिने मेरो तयारी छ’ उनले थपिन् ।
उनले यो वर्ष आफूले केही नयाँ कुरा सोचेको र त्यसलाई पूरा गर्न तल्लीन रहने समेत बताइन् । पूजा र उनका प्रेमी युद्ध बानियाँले ललितपुरको झम्सिखेलमा रेस्टुरेन्ट सञ्चालन गर्दैछन् । यही महिनाको अन्तिममा रेस्टुरेन्ट उद्घाटन गर्ने पूजाको तयारी छ ।

फेसियल हाउसकी संचालिक सुष्मा महराले नेपाली कला संस्कृति झल्काउने उद्देश्यले क्यालेन्डर निर्माण गरेको बताइन् । सार्वजनिक क्यालेन्डरमा वर्षभरिका पर्व अनुसारको फोटो समावेश गरिएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप