सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

प्रथम साहित्य दिवस मनाइयो

शुक्रबार, ०१ वैशाख २०८०, २२ : ५५
शुक्रबार, ०१ वैशाख २०८०

काठमाडौँ । साहित्य संवर्द्धन केन्द्र, नेपालको अगुवाइमा शुक्रवार प्रथम साहित्य दिवस कार्यक्रम सम्पन्न भएको छ ।  नेपाली साहित्यका आदिकवि भानुभक्त आचार्यको सालिकमा माल्यार्पण गरेर सुरु गरिएको कार्यक्रममा  काठमाडौँका करिब ३०–४० साहित्यिक संस्थाहरूको सहभागिता थियो । 

दिवस अन्तर्गत भानु माध्यमिक विद्यालय (दरबार हाइस्कूल) को प्राङ्गणमा बिहान ७ः३० बजे भेला भएर ८ बजे  रानीपोखरी र टुँडिखेलको परिक्रमा (प्रभातफेरी) गरी समापन गरिएको साहित्यकार सूर्यकुमार पण्डितले  जानकारी दिए । 

साहित्य केन्द्र २०६९ सालमा स्थापना भई २०७१ सालमा काठमाडौँमा दर्ता भएको भएको थियो । यसपटक नेपाली साहित्यको प्रवर्द्धन र प्रचार प्रसार गर्ने उद्देश्यले यो कार्यक्रमको आयोजना गरिएको पण्डितको भनाइ छ ।  हाल संस्थाको अध्यक्षमा वरिष्ठ साहित्यकार भुवनहरि सिग्देल रहेका छन् । 

साहित्य संवर्द्धन केन्द्रका विगतका बारेमा वरिष्ठ साहित्यकार माधव पोखरेलले र भावी कार्यक्रमका बारेमा अध्यक्ष सिग्देलले प्रकाश पारेका थिए । सो अवसरमा कार्यक्रममा भाग लिएका संस्थाहरूलाई प्रमाण पत्र पनि वितरण गरिएको थियो । 

 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप