सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

कार दुर्घटनामा लाजियोका स्ट्राइकर घाइते

सोमबार, ०४ वैशाख २०८०, ११ : १६
सोमबार, ०४ वैशाख २०८०

रोम । इटालीका स्ट्राइकर सिरो इमोबिले कार दुर्घटनामा परेर घाइते भएका छन् । रोममा उनको कार ट्रामसँग ठोक्किँदा उनको ढाड र करङमा चोट लागेको हो ।

३३ वर्षीय खेलाडीले गत शुक्रबार मात्र सिरिए एमा लाजियोले स्पेजियालाई ३–० गोलले हराउँदा गोल गरेका थिए । लाजियोले इमोबिलेको मेरुदण्ड चोट लागेको र दाहिने भागको करङमा फ्रयाक्चर भएको जानकारी दिएको छ । उनको अवस्था भने स्थिर रहेको बताइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप