मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

ऊर्जा क्षेत्रमा थप लगानी बिस्तार गर्न आवश्यक छ : प्रधानमन्त्री  प्रचण्ड

मङ्गलबार, ०५ वैशाख २०८०, १३ : ०२
मङ्गलबार, ०५ वैशाख २०८०

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले ऊर्जा क्षेत्रमा थप लगानी बिस्तार गर्न आवश्यक रहेको बताएका छन् । 

मंगलबारबाट शुरु भएको आठौँ ‘पावर समिट–२०२३’ लाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले यस्तो बताएका हुन् । उनले सरकारले नीतिगत र व्यावहारिक रूपमा नै ऊर्जा क्षेत्रलाई समृद्धिको बलियो आधार मानेर अघि बढेकाले ऊर्जा क्षेत्रमा थप लगानी बढाउन आवश्यक रहेको बताए । 

प्रधानमन्त्री दाहालले देशलाई आर्थिक रूपमा बलियो बनाएर अर्थतन्त्रमा गुणात्मक परिवर्तन गर्न पनि हरित ऊर्जाको आवश्यकता महत्त्वपूर्ण भएको उल्लेख गरे । उनले धेरै नेपालीहरूले अझै पनि हरित ऊर्जामा पहुँच पुग्न नसकेको उल्लेख गर्दै देशका सबै जनतालाई बिजुली उपलब्ध गराउनका लागि ग्रिड बिस्तार गर्न र अफ ग्रिड प्रविधिमा लगानी बिस्तारमा जोड दिइरहेको बताए । प्रधानमन्त्री प्रचण्डले  प्रसारण र वितरण लाइनहरू बिस्तार गर्न र स्थिर विद्युत् आपूर्ति सुनिश्चित गर्न सरकारले पहल गरिरहेको उल्लेख गरे । उनले स्वदेशमा उत्पादन हुने बिजुली आन्तरिक रूपमा उपयोग गर्न पर्याप्त पूर्वाधार निर्माण नगर्दासम्म यस क्षेत्रमा भइरहेको ठुलो लगानी जोगाउन पनि निर्यात गर्नुपर्ने आवश्यकता देखिएको बताए । 

प्रधानमन्त्री प्रचण्डले धेरै विद्युत् खपत गर्न सक्ने क्षेत्रको प्रवर्द्धन, प्रतिव्यक्ति खपत बढाउन सक्ने वातावरण तय गर्दै व्यापार घाटालाई कम गर्न बिजुलीको उपभोग बढाउन जरुरी रहेको उल्लेख गरेर । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप