राष्ट्रियसभा अध्यक्षको प्रेस सल्लाहकारमा शर्मा
मङ्गलबार, ०५ वैशाख २०८०, १५ : ५२
काठमाडौँ । राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाको प्रेस सल्लाहकारमा दुर्गाप्रसाद शर्मा नियुक्त भएका छन् ।
पर्वत घर भएका पत्रकार शर्मासँग छापा, टेलिभिजन तथा अनलाइन पत्रकारिताको अनुभव रहेको छ ।
यसअघि तिमिल्सिनाको प्रेस सल्लाहकारमा अशोक पौडेल रहेका थिए ।