सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

छाला रोग विशेषज्ञ झा भारतको विश्व प्रसिद्ध जर्नल ‘आइडोज’ को पेपर रिभ्युअरमा छनौट

बुधबार, ०६ वैशाख २०८०, ११ : ३०
बुधबार, ०६ वैशाख २०८०

काठमाडौँ । नेपालका प्रसिद्ध छाला, यौनरोग तथा कपाल प्रत्यारोपण विशेषज्ञ डाक्टर प्रसन्न कुमार झा भारतको विश्व प्रसिद्ध इन्डियन डर्माटोलोजी अनलाइन जर्नल आइडोज (IDOJ) को पेपर रिभ्युअरमा छनौट भएका छन् ।

झाको  आर्टिकलहरू रिभ्युको लागि शैक्षिक उत्कृष्टता र विवेकको सम्मान गर्ने भन्दै रिभ्युअरहरुको टोलीमा सामेल हुन आमन्त्रित गरेको आइडोजले पठाएको पत्रमा उल्लेख छ  । जर्नलका एडिटर इन चिफ प्रोफेसर डाक्टर के ए सीतारामले  पत्र लेख्दै उनलाई अनुरोध गरेका हुन् । नेपालबाट छनौट हुने उनी पहिलो डाक्टर हुन्।

डाक्टर झाले काठमाडौँ मेडिकल कलेज (केएमसी) बाट एमबीबीएस , भारतको प्रसिद्ध वनारस हिन्दू विश्वविद्यालय (बीएचयू) बाट क्लिनिकल डर्माटोलोजीमा तीन वर्षे एमडी र जर्मनीको ‘फेलोसिप इन एस्थेटिक मेडिसिन’ (फाम)को कोर्स पुरा गरेका छन् । उनका भारतका विभिन्न प्रसिद्ध जर्नलमा १० वटाभन्दा बढी आर्टिकल प्रकाशित भैसकेका छन् ।

उनी इन्डियन सोसाइटी अफ एस्थेटिक मेडिसिन र इन्डियन इन्स्टिट्यूट अफ लेजर एण्ड एस्थेटिक मेडिसिनका आजीवन सदस्य समेत छन्।

आफूलाई आईडोजले पेपर रिभ्युअर मा छनौट गरेपछि खुसी व्यक्त गर्दै यो नेपाल र नेपाली डाक्टरको लागी निकै महत्त्वपूर्ण उपलब्धि रहेको डाक्टर झाले प्रतिक्रिया दिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप