आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

विदेशी नागरिक नै मतदाता, कसरी प्राप्त भयो भोट हाल्ने अधिकार ?

शुक्रबार, ०८ वैशाख २०८०, २२ : ०५
शुक्रबार, ०८ वैशाख २०८०

काठमाडौँ । ‘मेरो दैनिक आम्दानी नेपाली २ लाख हो । मैले ८ दिनका लागि आफ्नो व्यवसाय बन्द गरेर आएको छु । जान आउनका लागि मैले ३ लाखको टिकट काटेर आएको छु’, बेल्जियमबाट उपनिर्वाचनमा भोट हाल्न भन्दै आएका कृष्ण प्रसाद रेग्मीले भने । 

तर उनले आफ्नो राष्ट्रिष्ताको विषयमा भने केही खुलाउन चाहेनन् । बरु उनले परिवर्तनका लागि यति धेरै खर्च गरेर नेपाल आएका गर्वका साथ भन्न भ्याए । नेपाल आएको मौकामा उनले युट्युबरहरुलाई दिएको अन्तरवार्ता यतिबेला सामाजिक सञ्जालमा देख्न सकिन्छ । 

उनै रेग्मीले चितवनमा निर्वाचन आयोगले लागू गरेको मौन अवधिमा समेत अमुक उम्मेदवारको पक्षमा मत माग्न समय खर्चिरहेका छन् । रास्वपाका सभापति रवि लामिछानेको पक्षमा मात माग्न केही दिन खटिएका उनले मौन अवधिमा समेत उस्तै सक्रियता जनाइरहेका हुन् । 

मौन अवधिका बीच चितवन क्षेत्र नम्बर २ का विभिन्न स्थानमा पुगेर मत माग्न व्यस्त बनेको चितवनका स्थानीय बताउँछन् । निर्वाचन आयोगले मौन अवधि पालनाका लागि संयन्त्र नै बनाएको भएपनि उनलाई हालसम्म कुनै कारबाही गर्न सकेको देखिँदैन । मुख्य निर्वाचन अधिकृतको कार्यालय यसबारे बेखबर देखिन्छ ।

Capture

तर उनी आफू भोट हाल्नकै लागि नेपाल आएको र सबैले परिवर्तनको पक्षमा मत खसाल्नुपर्ने लबिङमा छन् । रोचक त के छ भने उनी नेपाली नागरिकता त्यागेर विदेशी राहदानीबाहक हुन् । नेपाली नागरिकता त्यागिसक्दा पनि उनी कसरी नेपालमा मतदाता रहिरहे भन्नेबारे गम्भीर प्रश्न उठेको छ । 

उनी बेल्जियमको नागरिकको हैसियतले त्यहाँको स्थानीय निर्वाचनमा उमेदवार भइसकेका व्यक्ति हुन् । उनले यसअघि पनि  पटक पटक नेपालको चुनावमा भोट खसालेको उनलाई नजिकबाट चिन्नेहरुले बताएका छन् ।  

बेल्जियमको नागरिकता लिइसकेपनि त्याग गर्न त्यति सहज नहुने बताइन्छ । यस्तै उनले बेल्जियमको नागरिकता त्यागेको कहीँकतै पनि बताएका छैनन् । तर, उनले नेपाली नागरिककै हैसियतमा नेपालमा मताधिकार भने प्रयोग गरिरहेका हुन् । 

उनी चितवनमा निर्वाचन प्रचारप्रसारमा खटिएको र मत हाल्ने समेत बताएपछि बेल्जियममै कार्यरतहरुले प्रश्न उठाएका छन् । ‘उहाँको सक्रियताको लागि सलाम छ ! उहाँले कडा कांग्रेस, भूई कट्हर अनि अहिले घण्टी बजाउन थाल्नु भएको छ’, रेग्मीलाई चिन्ने बेल्जियममा कार्यरत एक नेपालीले भने,  उहाँ यस अगाडि बेल्जियमको स्थानीय निर्वाचनमा उम्मेदवार भएको देखिन्छ । अहिले नेपालको नागरिकता कायम गर्नु भएको भए प्रमाण दिनुपर्छ । हैन भने उहाँ कारबाहीको भागिदार हुनुपर्छ ।’

लामो समयदेखि बेल्जियममा कार्यरत उनले बेल्जियमको नागरिकता लिएपछि सन् २०१२ मै त्यहाँको स्थानीय निर्वाचनमा भाग लिएको खुलेको छ । बेल्जियमको नागरिकता लिनका लागि नेपाली नागरिकता त्यागेकै हुनुपर्ने प्रावधान छ ।

342361893_236468949026770_833977573671301184_n

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप