सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

महिला एसियन कप छनोटमा सहभागी हुने टोलीको बिदाइ

आइतबार, १० वैशाख २०८०, १९ : ५७
आइतबार, १० वैशाख २०८०

काठमाडौँ । जोर्डनमा आयोजना हुने एएफसी यु–१७ महिला एसियन कप छनोटमा सहभागी हुने नेपाली महिला टोलीलाई आइतबार बिदाइ गरिएको छ ।

अखिल नेपाल फुटबल संघ (एन्फा)ले आइतबार एक कार्यत्रमको आयोजना गरेर छनोट खेल्न जान लागेको टोलीलाई बिदाइ गरेको हो । टोलीलाई एन्फाका पूर्व अध्यक्ष नरेन्द्र श्रेष्ठ, अध्यक्ष पंकज विक्रम नेम्वाङ, उपाध्यक्ष दावा लामा, महासचिव किरण राई लगायतले बिदाइ गरेका थिए । अप्रिल २६ देखि ३० तारिख सम्म जोर्डनमा आयोजना हुने छनोट प्रतियोगितामा नेपाल समूह एचमा रहेको छ । नेपाल सम्मिलित समूहमा आयोजक जोर्डन र बलियो इरान रहेका छन् ।

छनोट अन्तर्गत नेपालले पहिलो खेल प्रिन्स मोहम्मद स्टेडियम जाग्र्वामा अप्रिल २६ मा इरानसँग खेल्दै प्रतियोगिताको सुरुआत गर्नेछ । दोस्रो खेल अप्रिल २८ मा आयोजक जोर्डनसँग प्रतिष्पर्धा गर्नेछ ।  एशियाली राष्ट्रहरुलाई ८ समूहमा विभाजन गरी आयोजना गरिएको छनोटबाट शीर्ष टोली दोस्रो चरणमा प्रवेश गर्ने मौका पाउनेछन् ।   

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप