सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

चर्चित दोहोरी गायिका अस्मिताले गरिन् विवाह

बिहीबार, २१ वैशाख २०८०, ११ : १३
बिहीबार, २१ वैशाख २०८०

काठमाडौँ । पछिल्लो समयकी चर्चित दोहोरी गायिका अस्मिता डल्लाकोटी र गायक शक्तिकुमार गोदार वैवाहिक जीवनमा बाँधिएका छन् । उनीहरुले बुधवार बेनिघाटको रोराङ गाउँपालिकामा हिन्दू परम्परा अनुसार लगनगाँठो कसेका हुन् ।

दुबैले केही वर्षको प्रेम विवाहमा परिणत गरेका हुन् । विवाहमा दुवैतर्फका आफन्त, साथीभाइको सहभागिता रहेको थियो ।

एक समय दुवै चितवनको दोहोरी साँझमा सँगै काम गर्थे । सोही सिलसिलामा उनीहरूको प्रेम बसेको थियो । अस्मिता रियालिटी सो ‘दोहोरी च्याम्पियन’ की विजेता पनि हुन् । शक्ति अझै चितवनमा दोहोरी साँझमा काम गर्ने गर्दछन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप