सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

सरकारी कागज किर्ते गरेको आरोपमा पत्रकार पक्राउ

शनिबार, २३ वैशाख २०८०, १५ : ५३
शनिबार, २३ वैशाख २०८०

काठमाडौँ । सरकारी कागजात किर्ते गरेको आरोपमा पत्रकार मदनबाबु भण्डारी पक्राउ परेका छन् । भण्डारीलाई शनिबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरिएको हो ।

जिल्ला प्रहरी परिसार काठमाडौँका एसपी सीताराम रिजालका अनुसार भण्डारीविरुद्ध सरकारी कागजात किर्ते गरेको उजुरी परेको थियो । रिजालले रातोपाटीसँग भने, ‘लिखतसम्बन्धी कसुरमा हामीले अनुसन्धान गर्दैछौँ ।’

भण्डारी सुरक्षा न्युज नेटवर्कका प्रबन्ध निर्देशक हुन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप