आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

इटालियन सिरिए फुटबल : मिलानसँग हार्‍यो लाजियो

आइतबार, २४ वैशाख २०८०, ०८ : ४३
आइतबार, २४ वैशाख २०८०

काठमाडौँ । इटालियन सिरिए फुटबलको शनिबार राति खेलिएको खेलमा अंक तालिकाको दोस्रो स्थानमा आसिन लाजियो पराजित भएको छ । एसी मिलानले लाजियोलाई २—० गोलले हराएको हो ।

मिलानले दुबै गोल पहिलो हाफमै गरेको थियो । मिलानको जितमा इस्माइल बेनासेर र थेओ हर्नान्डेजले १-१ गोल गरे ।

खेल सुरु भएको १७औं मिनेटमा इस्माइलले गोल गर्दै मिलानलाई सुरुआती अग्रता दिलाएका थिए । खेलको २९औं मिनेटमा हर्नान्डेजले गोल गर्दै मिलानलाई २–० को जित दिलाए ।

हारका बावजुद लाजियो अंक तालिकाको दोस्रो स्थानमा यथावत छ । लाजियोले ३४ खेलबाट ६४ अंक बटुलेको छ । मिलानले भने ३४ खेलमा ६१ अंक जोडेको छ । मिलान तालिकाको पाँचौं स्थानमा छ ।

सिरिएको उपाधि भने नापोलीले जित्ने निश्चित भइसकेको छ । नापोलीले ३३ खेलबाट ८० अंक जोडेको छ । शनिबार राति नै भएको अर्को खेलमा इन्टर मिलानले रोमालाई २—० गोलले हरायो ।

इन्टरका लागि ३३औं मिनेटमा फेड्रिको डिमार्कोले पहिलो गोल गरेका थिए । खेलको ७४औं मिनेटमा प्रभावशाली खेलाडी रोमेलु लुकाकुले अर्को गोल थप्दै इन्टरलाई सहज जित दिलाए ।

३४ खेलबाट ६३ अंक जोडेको इन्टर तालिकाको चौथो स्थानमा उक्लिएको छ । रोमा भने ३४ खेलबाट ५८ अंक जोड्दै सातौं स्थानमा छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप