सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय
कार्यव्यवस्था परामर्श समिति

वैशाख २५ देखि तीन दिनसम्म बजेट तयारीबारे संसद्‍मा छलफल हुने

आइतबार, २४ वैशाख २०८०, १२ : ४६
आइतबार, २४ वैशाख २०८०

काठमाडौँ । वैशाख २५ देखि २७ गतेसम्म बजेट तयारी (प्रि-बजेट)बारे प्रतिनिधि सभामा छलफल हुने भएको छ । आइतबार बसेको संसदको कार्यव्यवस्था परामर्श समितिको बैठकमा वैशाख २५ देखि २७ गतेसम्म प्रि-बजेटमाथि बिहान ११ बजेदेखि बेलुका ५ बजेसम्म छलफल गर्ने र २७ गते अर्थमन्त्रीले जवाफ दिने कार्यतालिका तय भएको नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले जानकारी दिए ।

यो बाहेक परामर्श समितिको बैठकमा सदनलाई प्रभावकारी बनाउन अनिवार्य रूपमा महिनाको एक पटक प्रधानमन्त्रीले संसदमा सांसदहरुले उठाएका विषयको जवाफ दिनुपर्नेबारेमा समेत छलफल भएको  छ ।‘सदनलाई प्रभावकारी बनाउने विषयमा छलफल हुँदा सांसदहरुको ई–हाजिरीको व्यवस्था गर्नुपर्ने तथा लगातार संसदमा बस्ने सांसदको नाम सदनमा प्रस्ताव गरिनुपर्ने र सभामुख र उपसभामुख तटस्थ हुनुपर्ने विषयमा पनि छलफल भयो’, खतिवडाको भनाइ छ । अर्थमन्त्रीले प्रिबजेटमाथि उठेका प्रश्नको जवाफपछि सरकारको नीति तथा कार्यक्रम आउने र जेठ १५ गते बजेट ल्याउने तयारी छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप