आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय
संसद्

प्रतिनिधिसभामा आर्थिक वर्ष २०८०/८१ को बजेटको सिद्धान्त र प्राथमिकता विधेयक पेश

आइतबार, २४ वैशाख २०८०, १७ : २१
आइतबार, २४ वैशाख २०८०

काठमाडौँ । अर्थमन्त्री डा.प्रकाशशरण महतले ‘आर्थिक वर्ष २०८०/८१ को लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा (कर प्रस्ताव बाहेक)माथि छलफल गरियोस्’ भनी प्रस्ताव प्रस्तुत प्रतिनिधि सभामा पेश गरेका छन् । 

विनियोजित विधेयकको सिद्धान्त तथा प्राथमिकता पेश गर्दै अर्थमन्त्री डा। महतले आर्थिक समस्याका बीच ल्याइने आगामी आर्थिक वर्षको बजेटमा दिगो र फराकिलो आर्थिक समुन्नत, सुशासन र प्रभावकारी बजेट ल्याउने गरी बजेटको सिद्धान्त तथा प्राथमिकता तय गरिएको बताए । 

व्यापक रोजगारीको वृद्धि, आर्थिक सुशासन कायम गर्दै समष्टिगत अर्थतन्त्रको विकास गर्न बजेट केन्द्रित हुने उनले बताए । वित्त घाटालाई वाञ्छित सीमा भित्र राखिने, बाह्य क्षेत्रको सुधारमा केन्द्रित हुने उनले बताए । रोजगारीको सिर्जनमा केन्द्रित हुने र गरिबी निवारणमा बजेट केन्द्रित हुनेछ उनले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप