सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

बजेटको सिद्धान्त र प्राथमिकतामाथि तीन दिन छलफल हुने

आइतबार, २४ वैशाख २०८०, १७ : ४०
आइतबार, २४ वैशाख २०८०

काठमाडौँ । आगामी आर्थिक वर्ष २०८०/८१ को विनियोजित बजेटमाथिको सिद्धान्त र प्राथमिकता (कर विधेयक बाहेक) को प्रस्तावमाथि तीन दिन छलफल हुने भएको छ । 

आइतबार अर्थमन्त्री डा.प्रकाशशरण महतले संघीय संसदमा विनियोजित बजेटमाथिको सिद्धान्त र प्राथमिकता (कर विधेयक बाहेक) माथि छलफल गरियोस् भन्ने प्रस्ताव पेश गरेका छन् । यसलगत्तै सभामुख देवराज घिमिरेले उक्त प्रस्तावमाथि वैशाख २५ गते, २६ गते र २७ गते छलफल हुने घोषणा गरे । 

सोही प्रस्तावमाथि छलफल गर्न आगामी बैठकमा दलगत रूपमा प्रतिनिधित्व गरी बोल्न समेत सांसदहरुलाई घिमिरेले आग्रह गरेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप