आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय
समाचार

बागमती प्रदेशमा बजेट अधिवेशनको मिति तोक्न सर्वदलीय बैठक बस्दै

सोमबार, २५ वैशाख २०८०, ११ : ३८
सोमबार, २५ वैशाख २०८०

हेटौंडा । बागमती प्रदेशसभा सचिवालयमा आज अपराह्न सर्वदलीय बैठक बस्ने भएको छ । आज बस्ने उक्त सर्वदलीय बैंठक आगामी बजेट अधिवेशनका लागि मिति तोक्ने र प्रदेश सरकारद्वारा प्रस्तुत गरिने आगामी आर्थिक वर्ष २०८०/८१ को बजेटको सैद्धान्तिक पक्ष तथा पूर्ण तयारीसम्बन्धी विषयमा छलफल गरिने जनाइएको छ ।

आगामी प्रदेश सभाको बैठकमा प्रस्तुत गर्न कार्यसूची तयारी गरिने भएको प्रदेशसभा सचिवालयका प्रमुख सचिव कृष्णहरि खड्काले बताए । प्रदेशसभाको हिउँदे अधिवेशन यही वैशाख १३ गते राति अन्त्य गरिएको थियो । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप