सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

निलम्बन फुकुवा, प्रशिक्षणमा फर्किए मेसी

सोमबार, २५ वैशाख २०८०, १९ : ०५
सोमबार, २५ वैशाख २०८०

काठमाडौँ । फ्रेन्च क्लब पेरिस सेन्ट जर्मन (पीएसजी) ले आफ्ना स्टार खेलाडी लियोनल मेसीमाथिको निलम्बन फुकुवा गरेको छ । पीएसजीले क्लबसँग स्वीकृति नलिई साउदी अरबको भ्रमण गरेको भन्दै गत बुधबार यी अर्जेन्टिनी स्टारलाई दुई साताका लागि निलम्बन गरेको थियो ।

त्यसपछि मेसीले गत शुक्रबार एक भिडियो सन्देश जारी गर्दै आफ्नो गल्तीका लागि पीएसजीसँग माफी मागेका थिए । मेसीले आफू क्लबको स्वीकृति बिना साउदी गएको स्वीकार गरेका थिए ।

मेसीले माफी मागेपछि पीएसजीले उनको निलम्बन फुकुवा गरेको हो । मेसी क्लबको नियमित प्रशिक्षणमा पनि फर्किएका छन् । पीएसजीले मेसी प्रशिक्षणमा फर्किएको जनाउँदै सोमबार एक तस्बिर पनि सार्वजनिक गरेको छ ।

पीएसजीको पछिल्लो निर्णयसँगै मेसी साउदी अरेबिया गएको विवाद पनि टुंगिएको छ । मेसी साउदी अरेबियाको पर्यटन दूत हुन् । मेसीको अनुपस्थितिमा आइतबार राति पीएसजीले फ्रेन्च लिगमा ट्रोयसलाई ३—१ गोलले हराएको थियो । पीएसजी यो सिजन फ्रेन्च लिगको उपाधिनजिक छ ।         

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप